अनुसन्धान : विश्वमा कति पटकसम्म बद्लियो कोरोना भाइरस ?

काठमाडौं । कोरोना भाइरसको विषयलाई लिएर विभिन्न देशहरुमा वैज्ञानिकहरुले अनुसन्धान गरिरहेका छन् ।

यस भाइरसको बदलिएका केहि लक्षणहरु वैज्ञानिकहरुले फेला पारेका छन् ।

केहि विशेषज्ञहरुले कोरोना भाइरसमा भईरहेको परिवर्तनका कारण धेरै घातक हुनसने अनुमा लगाएका छन् । तर यूनिभर्सिटी कलेज अफ लण्डनका वैज्ञानिकहरुले गरेको एक अध्ययनमा कोरोना भाइरसमा भईरहेको परिवर्तनमा संक्रमणको शक्ति भने नबदलिएको वैज्ञानिहरुको दाबी छ ।

साथै तीव्र संक्रमण फैलिएपनि परिवर्तित भाइरसले मानवको शरीरमा कुनै नोक्शान नपुगेको वैज्ञानिकहरुले निस्कर्ष निकालेका छन् ।

केहि क्षेत्रमा महासंकट बनिरहेको कोरोना भाइरसको संक्रमण ३१ स्ट्रेनमा गरिएको शोधमा वैज्ञानिकहरुले यो निस्कर्ष निकालेका हुन् ।

उनीहरुका अनुसार भाइरसमा केहि परिवर्तन हुने कुरा सामान्य भएको र परिवर्तित भाइरसले मानिसमा धेरै असर नपुर्याएको बताएका छन् । केहि परिवर्तन भने संक्रमितको इम्युनिटी सिस्टमको प्रतिक्रियाको कारण भएको पनि वेज्ञानिकहरुले बताएका छन् ।

शोधकर्ताहरुका अनुसार ७५ देशहरुमा १५ हजार भन्दा धेरै कोरोना संक्रमितहरुमा यो अध्ययन गरिएको थियो ।

उनीहरुले ३१ परिवर्तित भाइरसको लक्षणमा केन्द्रित भएर अध्ययन गरेको बताएका छन् । साथै उक्त परिवर्तन अध्ययन अवधिभर १० पटक भन्दा धेरै देखिएको थियो ।

शोधकर्ताहरुमध्ये एक डाक्टर फ्रेन्को डेराक्सका अनुसार भाइरसमा भईरहेको परिवर्तनका लक्षणले मानिसमा कति असर गर्दछ भन्नेमा केन्द्रित भएर सोध गरिएको थियो ।

साथै एक अन्य अध्ययनका अनुसारकोरोना भाइरस अहिलेसम्म ७ हजार भन्दा धेरै परिवर्तन भएको र त्यसमध्ये करिव ३०० जना प्रभावित भएको बताइएको छ । भाइरस परिवर्तन तीन तरिकाबाट भईरहेको छ ।

पहिलो आफैँमा केहि सुधार गरेर, दोश्रो अन्य कुनै भाइरसको संक्रमणमा आएर र तेश्रो संक्रमित व्यक्तिको प्रतिरक्षा तन्त्रको कारणबाट परिवर्तन भईरहेको छ ।

यसैबीच कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ३ लाख ५२ हजार ४९४जनाको मृत्यु भईसकेको छ भने ५६ लाख ९९ हजार ३० जनालाई संक्रमण भएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?