छोरीलाई करणी गरेको अभियोगमा समातिए बुबा

मेलम्ची । आफ्नै छोरीलाई करणी गरेको अभियोगमा प्रहरीले सिन्धुपाल्चोकको मेलम्चीबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मेलम्ची नगरपालिका वडा नम्बर ११ का ४३ वर्षीय पुरुष छन् ।

पीडितकी आमा आफ्नो श्रीमानविरुद्ध बलात्कारको मुद्दा बोकेर प्रहरीमा पुगेपछि प्रहरीले अभियुक्तलाई बुधबार पक्राउ गरेको छ ।

अभियुक्तकी श्रीमतीले दिएको जाहेरीको आधारमा बुधबार आफ्नै छोरीलाई बलात्कार अभियोगमा पक्राउ गरेर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीका इन्सपेक्टर फलबहादुर तामाङले जानकारी दिए ।

बिगत ३–४ देखिनै अभियुक्तले छोरीमाथि जबरजस्ती करणी गर्दै आएको र आमाले थाहा पाएपछि घटना प्रहरीसम्म पुगेको बताइएको छ ।

युवतीको स्वास्थ्य मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य परीक्षण गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?