काठमाडौं । आज बस्ने प्रतिनिधि सभाको बैठकमा संविधान संशोधनको विधेयक पेश नहुने भएको छ ।
अतिक्रमित नेपालको भूमी सहितको नयाँ नक्सा जारी गरेसँगै निशान छाप परिवर्तन गर्न ल्याइएको संविधान संशोधन विधेयक पेश गर्ने भनिएको थियो ।
आज बस्ने संसद बैठकमा पेश गर्न संसद सचिवालयले तयार गरेको प्रस्तावित कार्यसूचीमा कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधन प्रस्तुत गर्ने कार्यक्रम रहेको थियो । तर बैठकअघि कार्यसूचीबाट उक्त विषय हटाइएको स्रोतले बताएको छ ।
मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलिय बैठक बसेको थियो । यसैक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन विधेयकका विषयमा सर्वदलीय बैठकमा सहमती जनाउनको लागि आग्रह गरेका थिए ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा केन्द्रीय कार्यसमिति बैठकले निर्णय गर्ने बताएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया