हेर्नुहोस् २०७७ साल जेठ १५ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ जेठ १५ गते । बिहीवार । इ.स.२०२० मे २८ तारिक । शकसंवत् १९४१ । प्रमादी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । ने.सं. ११४० बछलागा । जेष्ठ शुक्लपक्ष । तिथी– षष्ठी,२१ बजेर ०३ मिनेट उप्रान्त सप्तमी ।

नक्षत्र– तिष्य,०५ बजेर ४९ मिनेट उप्रान्त मघा । योग ध्रुव,२२ बजेर ५८ मिनेट उप्रान्त व्याघात । करण– कौलव,०९ बजेर ५० मिनेट उप्रान्त तैतिल,२१ बजेर ०३ मिनेट उप्रान्त गर । आनन्दादिमा–शुभ योग ।

चन्द्रराशि–कर्कट । काठमाडौंमा सूर्योदय ६ बजेर ११ मिनेटमा, सूर्यास्त १८ बजेर ५१ मिनेटमा । दिनमान ३४ घडी ११ पला । राष्ट्रिय गणतन्त्र दिवस। कुमार–षष्ठी। सिथिनख। भक्तपुरमा चण्डी भगवती यात्रा ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

साथीभाई तथा आफन्तसँग मनमुटाव बढ्ने योग रहेको छ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ ।

मन परेको मानिससँग टाडिनु पर्दा मनमा छटपटी र अशान्ति छाउनेछ । अन्य व्यापारमा मन्दी आउने भए पनि कृषि तथा सहकारी व्यवसाय फस्टाएर जानेछ ।

सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

दाजुभाई,आफन्त तथा छिमेकीसँगको सम्बन्धमा चिसोपनाको विकास हुनेछ । यात्रा गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ ।

लेखन तथा साहित्यमा बाँकी रहेको काम थाती रहनेछ । व्यापारमा लगानीको अभावले आम्दानीमा कमि हुनेछ ।

प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्यम रहेको छ । आँट गर्न नसक्दा हातमा आईसकेको काम फुत्किनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

आफन्तका साथमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । रमाईलो गर्दा गर्दै पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिन सकिन्छ ध्यान दिनुहोला ।

बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् । व्यापार व्यवसायमा भने मन्दि आउनेछ । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

नयाँ प्रविधिको प्रयोग मार्फत रचनात्मक काम गर्न सकिनेछ । आफन्त तथा कुटुम्बको धन परिचालन गरेर आम्दानी बढाउन सकिनेछ ।

बिछोड भएका सम्बन्धहरु पुनह सुचारु हुनेछन् । आफन्त तथा अग्रजहरुको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीबीच विश्वास बढ्नेछ । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

पढाई लेखाईमा मन नजादा भनेजस्तो नतिजा हात पर्न सकिने छैन । काम गर्दा वा सवारी चलाउँदा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ ।

व्यापार व्यवसायमा बढी नै समय दिएमात्र नतिजा हात पार्न सकिनेछ । यात्रा गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्धले आगामी दिनहरुमा विवाहरुपी निकास पाउने योग रहेको छ ।

अध्यनमा प्रगती हुनेछ भने विद्यार्थी वर्गका लागि आजको दिन फलदायी रहनेछ ।

औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आफन्त तथा बुवा सरहका मानिससँग मनमुटाव सिर्जना हुनेछ । व्यापार व्यवसायबाट न्यून आम्दानी हुनेछ ।

राजनीति तथा समाजसेवामा जनताको काम गर्न नसकिने हुदा ईज्जत प्रतिष्ठामा कमिको महशुस हुनेछ ।

सरकारी काममा सेवा प्रवाह गर्नेहररुको ढिलासुस्तिले समयमा काम बन्ने छैन । अध्ययन तथा अध्यापनमा समय बढी नै लगानी गर्नुपर्ने देखिन्छ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

सामाजिक तथा परोपकारी काममा मन जानेछ । व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो प्रगती गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ ।

राजनीतिज्ञले जनताको काम गरी पद प्राप्त गर्ने समय रहेको छ । प्रेमील जोडीहरुका लागि समय उत्तम रहेको छ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

भौतिक वस्तु तथा सवारी साधनको कारोवार गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । आफन्त तथा साथीभाईसँग मनमुटाव सिर्जना हुने योग रहेको छ ।

व्यापारमा लगानी गरीहाल्ने समय नरहेकोले गरीरहेको कामलाई निरन्तरता दिनुहोला । माया प्रेममा एक अर्कालाई शंका गर्नाले छुट्टिनुपर्ने बाध्यता आउनेछ ।

खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

कामगर्दा ध्यान दिनुहोला आलोचकहरु बढ्नेछन् । व्यापारमा समय दिएपनि न्यून आम्दानीमा चित्त बुझाउनु पर्नेछ ।

व्यापारकै शिलशीलामा कष्टकर यात्रा नहोला भन्न सकिन्न । साथीभाई तथा जीवन साथीको सहयोग नपाईदा कामहरु बीचमा नै छोड्नु पर्ने हुन सक्छ ।

प्रेममा मनमुटाव सिर्जना हुने योग रहेको छ । अध्ययनमा मन नजादा नतिजा अरुकै पोल्टोमा पर्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

पढाई लेखाईमा मन नजाने हुनाले प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । शत्रु लाग्ने तथा न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुने हुनाले मुद्दा मामिलामा सामेल नहुनुहोला ।

पाईला पाईलामा बाधा तथा अवरोध गर्नेहरु प्रशस्त भेटिने हुँदा सजक रहनुहोला । स्वास्थ्यमा समस्या आई दैनिक कामकाजहरु प्रभावित हुनेछन् ।

व्यापार व्यवसायमा नाफा कमाउन प्रशस्त समय खर्चिनु पर्नेछ । प्रेममा धोका हुन सक्छ ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

सन्तान तथा परिवारका सदस्यबाट सहयोग पाईनेछ । नाफामुलक व्यवसाय भन्दा सेवामुलक व्यवसाय फस्टाएर जानेछ ।

अध्ययनमा ध्यान जादा वौद्धिक क्षेत्र फराकिलो हुनेछ । प्रयन्न गरेका कामहरु सजिलै सम्पादन हुनेछन् ।

महंगो उपहार तथा भौतिक सम्पत्ती प्राप्त हुनेछ । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?