काठमाडौं । कोरोना भाइरसको सुरुवाती केन्द्र मानिएको उहान शहरमा दोस्रो लहर आउनसक्ने भय निवारणका लागि पछिल्लो १२ दिनमा झन्डै ७० लाख जनतामा कोरोना परीक्षण गरिएको छ ।
स्थानीय स्वास्थ आयोगका अधिकारीहरुले जारी गरेको तथ्याङ्कमा ६६ लाख ८० हजारभन्दा धेरै जनतामा कोरोना परीक्षण गरिसकिएको उल्लेख छ ।
दोस्रो लहर आउनसक्ने चिन्ता बढेपछि हुवेई प्रान्तमा चीन सरकारले सामुहिक परीक्षणलाई तिव्रता दिएको हो । ब्लुम्वर्ग न्युजले मंगलबार गरेको विश्लेषणअनुसार यसरी परीक्षण गरिएकामध्ये २ सय ६ जनालाई लक्षण बिनाका संक्रमितको सूचीमा राखिएको छ ।
उहानमा १२ मेइदेखि नै कुनै हालतमा सम्पूर्ण १ करोड १० लाख जनसंख्यामा परीक्षण गर्ने काम सुरु भएको थियो, ७६ दिन लामो लकडाउन खुला गरेपछि फेरि नयाँ संक्रमित भेटिएका कारण दोस्रो लहर रोक्न यस्तो उपाय लगाइएको हो ।
गत सातामात्रै चीनको राष्ट्रिय स्वास्थ नियोगले कोरोना भाइरसको महामारी सुरु भएयता देशमा पहिलोपटक २४ घण्टाभित्र कुनै पनि नयाँ बिरामी नभेटिएको जनाएको थियो । बेइजिङमा सरकारको वार्षिक बैठकमा बोल्दै सोमबार चिनियाँ राष्ट्रपति सी जिनपिङले कोरोन नियन्त्रणमा बल्लतल्ल हासिल भएको उपलब्धि गुम्न नदिनका लागि तिव्र परीक्षण र देशको अर्थतन्त्र खोल्ने विषयमा प्रोत्साहन गरिने बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया