काठमाडौं । सोमवार मृत्यु भएकी चितवन खैरहनी नगरपालिका–१ की २० वर्षीया महिलाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
गत वैशाख १२ गते कञ्चनपुरबाट साँखु आफन्तकोमा आएकी ती महिलालाई शङ्खरापुर नगरपालिका इन्द्रेणीको क्वारेन्टाइनमा केही दिन राखिएको थियो । उनको साँखुस्थित एक अस्पतालमा मृत्यु भएको थियो ।
मृतक महिलाको स्वाब परीक्षणका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएको शङ्खरापुर नगरपालिकाका स्वास्थ्य संयोजक विष्णुप्रसाद चापागाईंले बताए ।
उनका अनुसार ती महिलाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । शव परीक्षणपछि उनका श्रीमानलाई जिम्मा लगाइएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया