लिभरपुलको प्रभावशाली जित, पीएसजी रियलसँग पराजित

काठमाडौं, ३ फागुन । युरोपियन च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले प्रभावशाली जित निकालेको छ ।लिभरपुलको जितमा सादियो मानेले ह्याट्रिक गरे भने मोहमद सलाहा र रोबर्टो फिर्मिनोले एक एक गोल गरे खेलको २५ औं मिनेटमा मानेको गोलसँगै अग्रता लिएको लिभरपुलका लागि २९ औं मिनेटमा मोहम्मद सलाहले अग्रता दोब्बर बनाए पहिलो हाफमा २–० ले अघि बढेको लिभरपुलका लागि खेलको ५३ औं मिनेटमा पुन मानेले गोल गरे । ६९ औं मिनेटमा रोबेर्टो फेरमिनोले गोल गरेपछि लिभरपुलले ४–० को अग्रता बनायो भने ८५ आंै मिनेटमा पुन मानेले गोल गर्दै ह्याट्रिक पूरा गरे । जितसँगै लिभरपुल क्वार्टरफाइनल नजिक पुगेको छ यस्तै अर्को खेलमा स्पेनिस क्लब रियल मड्रिडले फ्रान्सेली क्लब पीएसजीलाई ३–० ले हराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?