काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कुनै पनि सोसल मिडिया प्लेट फर्मले पहलो पटक चेतावनी दिएको छ ।
विश्वको शक्तिशाली देशका राष्ट्रपति डोनाल्ड ट्रम्पका केहि ट्वीट्सलाई फ्ल्याग गर्दै ट्वीटरले फ्याक्ट चेकको चेतावनी दिएको छ ।
ट्वीटरले बिना तथ्यका ट्वीट गर्नु अपराध भएको भन्दै चेतावनी दिएको हो । त्यस्तै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यो स्वतन्त्रता बिरोधी भएको साथै निर्वाचनमा ट्वीटरले हस्तक्षेप गरेको समेत आरोप लगाएका थिए ।
मंगलवार राष्ट्रपति ट्रम्पका दुई ट्वीट्समा ट्वीटरले चेतावनी दिएको हो ।
.@Twitter is now interfering in the 2020 Presidential Election. They are saying my statement on Mail-In Ballots, which will lead to massive corruption and fraud, is incorrect, based on fact-checking by Fake News CNN and the Amazon Washington Post….
— Donald J. Trump (@realDonaldTrump) May 26, 2020
त्यसमा मेल इन ब्यालेट्सलाई फर्जी तथा मेल बक्स लुटेर लिएर जाने भन्दै ट्रम्पको आधिकारीक अकाउण्टबाट ट्वीट गरिएको थियो ।
ट्वीटरले ट्रम्पलाई मेल इन ब्यालेट्सको बारेमा तथ्य जान्न भन्दै चेतावनी दिएको छ । ।
राष्ट्रपति ट्रम्पले लेखेको निर्वाचन सम्बन्धि एक ट्वीटमा ट्वीटरले फ्याक्ट चेक गर्नुपर्ने संकेत लगाइदिएको थियो ।
ट्रम्पले सो ट्वीटमा लेखेका थिए पोस्टल मतदानमा धाँदली हुने पुरै सम्भावना रहेको छ । मेल बक्सलाई चोरी गर्न सकिन्छ भने यसको माध्यमबाट फर्जी मतदान गर्न सकिन्छ । र फेरी यसलाई अवैध तरिकाबाट प्रिन्ट गरेर पनि पठाउन सकिन्छ ।
योसहितका दुई ट्वीटमा ट्वीटरले पोस्टल मतदानसँग सम्बन्धि तथ्यका बारेमा जान्नुहोस् भन्दै चेतावनी दिएको छ ।
ट्वीटरले फ्याक्ट चेकको नोटिफिकेसन लगाइदिएपछि राष्ट्रपति ट्रम्पले कडा प्रतिक्रिया दिएका हुन् ।
साथै ट्रम्पले ट्वीटरको यस्तो कदमलाई राष्ट्रपतिको रुपमा आफूले कदापी हुन नदिने प्रतिवद्धता समेत व्यक्त गर्दै धम्की दिएका छन् ।
अमेरिकामा पाँच राज्यको निर्वाचन पोस्टल ब्यालेटबाट हुन लागेको र यस विषयमा राष्ट्रपतिले गलत सूचना दिएको आरोप ट्वीटरले लगाएको छ ।
विभिन्न मिडियाबाट ट्वीटरले राष्ट्रपतिले भने जस्तो पोस्टल ब्यालेटको अर्थ नरहेकाले फ्याक्ट चेकको नोटिफिकेसन लगाउनु परेको स्पष्ट गरेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया