काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड–१९’ बाट सबैभन्दा प्रभावितमध्येको एक मुलुक स्पेनले १० दिने राष्ट्रिय शोक घोषणा गरेको छ । स्पेनमा यो समाचार तयार पार्दासम्म २७ हजार १ सय १७ जनाको मृत्यु भएको छ । कोभिड १९ बाट मृत्यु भएका मानिसहरुको सम्झनामा स्पेनले १० दिने राष्ट्रिय शोक घोषणा गरेको हो ।
सरकारले घोषणा गरेको राष्ट्रिय शोक बुधबारदेखि सुरु हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यो राष्ट्रिय शोक जुन ५ मा सकिनेछ । अहिलेसम्म कोरोना भाइरसका कारण स्पेनमा २७ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।
राष्ट्रिय शोक मनाउने क्रममा बुधबारदेखि स्पेनका सार्वजनिक भवनहरुमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ । स्पेनको जलसेनाको पानीजहाजमा पनि आधा झण्डा झुकाइने बताइएको छ ।
राष्ट्रिय शोक सभामा स्पेनका राजा फेलिपे छैठौं पनि सहभागी हुनेछन् । त्यहाँ अहिलेपनि २ लाख ८३ हजार ३३९ जना संक्रमित छन् भने ८ सय ५४ जना गम्भिर बिरामी परेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया