१० आश्विन २०७९, सोमवार

राष्ट्रिय गौरवका आयोजनालाई चुस्त बनाउन निर्देशन

२०७४,आश्विन,४,बुधबार १०:१२

0
Shares

काठमाडौँ, ४ असोज ।व्यवस्थापिका–संसद्को विकास समितिले राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयन अवस्था असाध्यै सुुस्त रहेको भन्दै तत्काल चुस्त बनाई दू्रत गतिमा कार्य अगाडि बढाउन सरकारका विभिन्न निकायलाई निर्देश गरेको छ ।समितिका सभापति रवीन्द्र अधिकारीको अध्यक्षतामा आज बसेको समितिको बैठकले काठमाडाँै निजगढ द्रूत मार्गलगायतका राष्ट्रिय गौरवको आयोजनाका प्रक्रियागत जटिलतालाई अन्त्य गर्दै परिणामुखी कार्यसम्पादन गराउन प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात, रक्षा अर्थ मन्त्रालय तथा राष्ट्रिय योजना आयोगलाई निर्देशन गरेको हो ।द्रूत मार्गको निर्माण कार्यको जिम्मा पाएको नेपाली सेनाले पाँच महिना पूरा हुन लाग्दा पनि अझै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को टुंगो नलगाएको भन्दै समितिको बैठकले यसका लागि दू्रत मार्गको डिपिआर तयार गरेको भारतीय कम्पनीसित डिपिआर खरिद गर्ने की नगर्ने भन्ने विषयमा शीध्र निर्णयमा पुग्न सरकारका ती निकायलाई बैठकले ध्यानाकर्षण समेत गराएको छ ।बैठकले द्रूत मार्गका कूल ७६ किमीमध्ये ६ किमीको मात्र मुआब्जा वितरण कार्यमा धेरै नै समस्या परेको हुँदा तत्काल यसलाई समाधान गर्न, द्रूत मार्गमा बजेटको अभाव हुन नदिन, द्रूतमार्ग निर्माण कार्यलाई गति प्रदान गर्न, प्रक्रियामा सरलीकरण गर्न, कार्यान्वयनको मोडल स्पष्टपार्न, आवश्यकवित्त व्यवस्थापन गर्न, आवश्यक समन्वयको कार्यलाई चुस्त बनाउन समेत निर्देश गरेको छ ।साथै समितिको बैठकले नेपाली सेनालाई र सेनाको मेसिनरी एवं जनशक्ति अभिवृद्धि गर्न, उत्प्रेरणा कार्य राख्ने कार्यमा सहयोग पु¥याउन, कार्यतालिकासहितको कार्ययोजना अनिवार्य बनाई सोहीअनुरुप काम गर्न गराउनसमेत सरकारलाई निर्देश गरेको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,४,बुधबार १०:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले तालिममार्फत दक्ष जनशक्ति निर्माणका लागि निजी क्षेत्र आफैँ जागरुक हुनुपर्ने बताएका

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर स्वर्णिम वाग्लेले नेपालमा योजना बनाउँदा थिङ्क ट्याङ्कहरुको पृष्ठपोषण गर्न जरुरी रहेको बताएका

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले शनिवार (हिजो) आफ्ना १७ वटै शाखा कार्यालय क्षेत्र वरपर रहेका सांस्कृतिक र धार्मिक स्थलहरुमा सरसफाई

धनगढी । कैलालीमा माछा मार्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको जोशीपुर गाउँपालिका १ बडहरीया बस्ने नर

ताजा समाचार

वनमन्त्री यादव अमेरिका प्रस्थान
 २०७९,आश्विन,१०,सोमवार ०८:३१
यस्तो रहनेछ आजको मौसम
 २०७९,आश्विन,१०,सोमवार ०८:२८
चाडवाड लक्षित ‘रुट परमिट’ खुल्यो
 २०७९,आश्विन,१०,सोमवार ०७:२३