काठमाडौं- बागलुङमा बुधबार ६ जनालाई कोरोना संक्रमण भएको छ ।
भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६ जनालाई संक्रमण देखिएको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको प्रयोगशालाले जनाएको छ ।
बागलुङको बडिगाड गाउँपालिका र तमानखोला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बागलुङबाट बुधबार जाँचका लागि पठाइएका ९२ वटा स्वाब नमूना मध्ये केहीको मात्रै रिपोर्ट आएको र ६ जनामा कोरोनाको संक्रमण देखा परेको हो ।
६ जनामा कोरोना संक्रमण देखा परेपछि धौलागिरी अस्पतालले बिरामी राख्ने तयारी थालेको छ । बाग्लुङमा झण्डै ४ सय जना भारतबाट आएका क्वारेन्टाइनमा छन् । उनीहरु मध्ये केहीको मात्रै कोरोना जाँच भएको छ ।
लकडाउन लम्बिँदै जाँदा संक्रमित तिव्र रुपमा बढीरहेका छन् ।
गत चैत २० मा दोस्रो कोरोना सङ्क्रमणको घटना पुष्टि भएयता जिल्लामा नयाँ सङ्क्रमित भेटिएका थिएनन् । त्यसअघि चैत १५ मा बागलुङ नगरपालिका–४ की १९ वर्षीया युवतीमा पहिलोपटक कोरोना देखिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया