काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ५७२ जनाको मृत्यु भईसकेको छ भने १७ लाख २५ हजार २७५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ४ लाख ७९ हजार ९६९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने अमेरिकामा १७ हजार १५८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
अमेरिकामा मंगलवार १९ हजार ४९ जना संक्रमित थपिएका छन् भने ७७४ जनाको मृत्यु भएको छ ।
अमेरिकाको न्युयोर्कमा मात्रै अहिलेसम्म २९ हजार ४५१ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ७३ हजार ६२२ जनालाई संक्रमण भएको छ ।
त्यस्तै न्युजर्सीमा ११ हजार १९७ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५७ हजार १५ जनालाई संक्रमण भएको छ ।
यसैबीच कोरोना भाइरसको महामारीका कारण विश्वमा ३ लाख ५२ हजार २२५ जनाको मृत्यु भएको छ भने ५६ लाख ८४ हजार ८०२ जनालाई संक्रमण भएको छ ।
त्यस्तै २४ लाख ३० हजार ५९४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५३ हजार ९९ जनाको स्वस्थ्य अवस्था गम्भीर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया