नयाँ सरकारलाई शुभकामना सहित देउवाले दिए राजीनामा

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट देशबासीलाई सम्बोधन गर्दै देउवाले पदबाट राजीनामा दिने घोषणा गरेका हुन् उनले त्यसलगत्तै राष्ट्रपति कार्यालय शीतल निवासमा गएर राजीनामा बुझाउने कार्यक्रम छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भई नयाँ सरकार गठनको प्रक्रिया अघि बढेपछि देउवाले राजीनामा दिएका हुन् तीन चरणका निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर संविधान कार्यान्वयन गर्नु आफ्नो सरकारको महत्वपूर्ण सफलता भएको उनको भनाई थियो आफू सरकारमा नरहेपनि जनताको सुखदुःखमा सधैं साथ रहने उले प्रतिबद्धता पनि जनाए । उनले नयाँ आउने सरकारलाई राष्ट्रको हितमा काम गर्न सफलता मिलोस भन्ने कामना समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?