बैंकको स्प्रेडले सीमा नाघेपछि कडाई

नेपाल राष्ट्र बैंकले कर्जा तथा निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेड) मा कडाइ गर्ने भएको छ ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा धेरै बैंकहरूको स्प्रेड ५ प्रतिशतको हाराहारीमा रहेपछि त्यसलाई सीमामा ल्याउन यो व्यवस्थाको प्रभावकारी कार्यान्वयन गरिने भएको हो ।
केन्द्रीय बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत यस्तो जानकारी दिएको छ ।समीक्षामार्फत केन्द्रीय बैंकले २०७७ असार मसान्तसम्म निक्षेप तथा कर्जाको भारित औसत ब्याजदर अन्तर ४.४ प्रतिशतभित्र ल्याइसक्नु पर्ने व्यवस्थालाई थप प्रभावकारी बनाइने उल्लेख गरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले संस्थागत निक्षेपकर्ताका लागि तोक्ने ब्याजदरमा समेत थप व्यवस्थित बनाइने जनाइएको छ ।
बैंकहरूले गत असारसम्ममा ४.५ प्रतिशत कायम गर्नुपर्ने स्प्रेड चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ५ प्रतिशतभन्दा पनि माथि कायम गरेपछि निगरानी थालेको थियो ।

चालू आवको मौद्रिक नीतिले २०७७ असारसम्ममा बैंकहरूको स्प्रेड ४.४ प्रतिशतमा झार्नुपर्ने व्यवस्था गरेको छ ।कारोबार दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?