बर्दियामा आइसोलेसन सेन्टर तयार

धम्बोझी । कोरोना सङ्मितको उपचारका लागि बर्दियामा आइसोलेसन सेन्टर तयार गरिएको छ । जिल्ला समन्वय समितिको सभाकक्षमा सबै सुविधासहितको २६ शैयाको सेण्टर तयार गरिएको हो ।

वार्डमा एक मेडिकल सुपरिटेण्डेण्ट तथा एक चिकित्सकसहित स्वास्थ्यकर्मीको व्यवस्था गरिएको जिससका प्रमुख शंकरप्रसाद थारुले जानकारी दिए।

त्यसैगरी जिल्ला अस्पताल गुलरियामा २५ शैयाको आइसोलेसन वार्ड निर्माण गरिएको छ । यहाँका कोरोना संक्रमितलाई दाङको अस्पतालमा लैजान समस्या भएपछि यहीँको अस्पतालमा आइसोलेसन वार्ड तयार गरिएको प्रमुख थारुले बताए।

अहिलेसम्म नगरपालिकामध्ये गुलरियामा चार, राजापुर र बाँसगढीमा एकएक तथा बढैयाताल गाउँपालिकामा एक गरी सात जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?