कोरोना विश्व अपडेट: २४ लाख बढी मानिस उपचारपछि घर फर्किए, कति पुगे मृतक र संक्रमित (सूचीसहित)

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण ज्यान गुमाउनेको संख्या ३ लाख ४९ हजार ७ सय १४ पुगेको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ ५६ लाख ४१ हजार २ सय ८८ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमित मध्ये ५३ हजार १ सय २९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने विश्वभरबाट २४ लाख ७ हजार १ सय ३१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड १९) बाट ज्यान गुमाउनेको संख्या १ लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण १ लाख ६४ जना मानिसले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा त्यहाँ ७ हजार ३ सय ८१ जना मानिसमा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १७ लाख १३ हजार ६ सय ७ पुगेको छ । त्यस्तै हालसम्म अमेरिकामा कोरोना उपचारपछि ४ लाख ६८ हजार ७ सय ७८ जना निको भएर घर फर्किएका छन् । त्यस्तै संक्रमितमध्ये १७ हजार १ सय ४७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । बितेको २४ घण्टामा मात्र कोरोनाको कारण त्यहाँ २ सय ५९ जनाको मृत्यु भएको छ ।

अमेरिकाको न्यूयोर्क राज्यमा मात्र कोरोनाको कारण २९ हजार ३ सय १० जनाले ज्यान गुमाएका छन् । भने त्यहाँ ३ लाख ७२ हजार ४ सय ९४ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै ब्राजिलमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २३ हजार ६ सय ६ पुगेको छ । बितेको २४ घण्टामा मात्र त्यहाँ १ हजार ४२ जना नयाँ कोरोना संक्रमित देखिएका छन् भने ८४ जनाको कोरोनाको कारण ज्यान गइसकेको छ । यो समाचार तयार पार्दासम्म त्यहाँका ३ लाख ७७ हजार ७ सय ११ जनामा कोरोना संक्रमण फैलिएको छ । भने १ लाख ५३ हजार ८ सय ३३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

त्यस्तै रसियामा हालसम्म ३ लाख ६२ हजार ३ सय ४२ जनामा कोरोना संक्रमण फैलिएको छ । बितेको २४ घण्टामा कोरोना १ सय ७४ जनाको ज्यान गएसँगै मर्नेको संख्या ३ हजार ८ सय ७ पुगेको छ । हालसम्म १ लाख ३१ हजार १ सय २९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको र बितेको २४ घण्टामा ८ हजार ९ सय १५ जनामा कोरोना संक्रमण देखिएको तथ्यांले देखाएको छ ।

त्यस्तै स्पेनमा हालसम्म कोरोनाको कारण २६ हजार ८ हजार ३७ जनाको ज्यान गइसकेको छ । यो समाचार तयार पार्दासम्म २ लाख ८२ हजार ४ सय ८० जनामा संक्रमण फैलिएको छ । हालसम्म १ लाख ९६ हजार ९ सय ५८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ८ सय ५४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३७ हजार ४८ पुगेको छ । बितेको २४ घण्टामा ४ हजार ४३ जनामा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या २ लाख ६५ हजार २ सय २७ पुगेको छ । हालसम्म संक्रमितमध्ये १ हजार ५ सय ५९ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ सय ३४ जनाको ज्यान गइसकेको छ ।

त्यस्तै इटालीमा हालसम्म कोरोनाको कारण ३२ हजार ९ सय ५५ जनाको ज्यान गइसकेको छ । यो समाचार तयार पार्दासम्म इटालीमा २ लाख ३० हजार ५ सय ५५ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा मात्र ३ सय ९७ जनामा कोरोना संक्रमित थपिएका छन् भने ७८ जनाको ज्यान गइसकेको छ । हालसम्म १ लाख ४४ हजार ६ सय ५८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । संक्रमितमध्ये ५ सय २१ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्समा हालसम्म कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय ४२ पुगेको छ । यो समाचार तयार पार्दासम्म कोरोनाको कारण २८ हजार ४ सय ३२ जनाको ज्यान गइसकेको छ । त्यस्तै हालसम्म ६५ हजार १ सय ९९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये १ हजार ६ सय ९ जनाको अवस्था गम्भीर रहेको छ ।

जर्मनीमा बितेको २४ घण्टामा मात्र कोरोनाको कारण २१ जनाको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म जर्मनीमा १ लाख ८१ हजार ९४ जना मानिसमा कोरोना संक्रमित रहेका छन् । त्यस्तै बितेको २४ घण्टामा मात्र ३ सय ५ जनामा कोरोना संक्रमण देखिएको र ८ हजार ४ सय ४९ जनामा संक्रमण फैलिएको छ । वल्डोमिटरको तथ्यांक अनुसार १ लाख ६२ हजार मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमित मध्ये ८ सय ७३ जनाको अवस्था गम्भीर रहेको छ ।

छिमेकि देश भारतमा हालसम्म कोरोनाको कारण ४ हजार ३ सय ४९ जनाको ज्यान गइसकेको छ । यो समाचार तयार पार्दासम्म १ लाख ५० हजार ७ सय ३९ जनामा संक्रमण फैलिएको छ । बितेको २४ घण्टामा ५ हजार ७ सय ८९ जनामा संक्रमण देखिएको र १ सय ७७ जनाको कोरोनाको कारण ज्यान गएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै हालसम्म ६४ हजार २ सय ७२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?