भारतमा बढेको बढ्यै कोरोना संक्रमित : ४ हजार ३ सय नाघे मृतक

काठमाडौं । छिमेकि देश भारतमा हालसम्म कोरोनाको कारण ४ हजार ३ सय ४९ जनाको ज्यान गइसकेको छ । यो समाचार तयार पार्दासम्म १ लाख ५० हजार ७ सय ३९ जनामा संक्रमण फैलिएको छ । बितेको २४ घण्टामा ५ हजार ७ सय ८९ जनामा संक्रमण देखिएको र १ सय ७७ जनाको कोरोनाको कारण ज्यान गएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै हालसम्म ६४ हजार २ सय ७२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर ३ लाख ४९ हजार जनाको कोरोनाका कारण ज्यान गइसकेको छ भने ५६ लाख ३९ हजार ९ सय ९८ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै, कोरोना संक्रमण जितेर घर फर्कनेको संख्या २४ लाख ६ हजार ८ सय ३८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?