साउदी अरबमा कोरोना संक्रमित ७६ हजार ७ सय नाघे

काठमाडौं । खाडी मुलुक साउदी अरबमा कोरोनाको कारण ४ सय ११ जना मानिसको ज्यान गइसकेको छ । भने ७६ हजार ७ सय २६ जनामा कोरोना संक्रमण देखिएको छ ।

बितेको २४ घण्टामा मात्रै साउदी अरबमा १२ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ भने आजै १ हजार ९ सय ३१ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । साउदी अरबमा ४८ हजार ४ सय ५० जना कोरोना मुक्त भएर घर फर्केका छन् भने ३ सय ३४ जनाको अवस्था गम्भिर रहेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर ३ लाख ४९ हजार जनाको कोरोनाका कारण ज्यान गइसकेको छ भने ५६ लाख ३९ हजार ९ सय ९८ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै, कोरोना संक्रमण जितेर घर फर्कनेको संख्या २४ लाख ६ हजार ८ सय ३८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?