कोरोनाका कारण अमेरिकामा १ लाख बढीको मृत्यु

काठमाडौं । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) बाट ज्यान गुमाउनेको संख्या १ लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण १ लाख ६४ जना मानिसले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा त्यहाँ ७ हजार ३ सय १ जना मानिसमा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १७ लाख १३ हजार ६ सय ७ पुगेको छ ।

त्यस्तै हालसम्म अमेरिकामा कोरोना उपचारपछि ४ लाख ६ हजार ७ सय ७८ जना निको भएर घर फर्किएका छन् । त्यस्तै संक्रमितमध्ये १७ हजार १ सय ४७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । बितेको २४ घण्टामा मात्र कोरोनाको कारण त्यहाँ २ सय ५९ जनाको मृत्यु भएको छ ।

अमेरिकाको न्यूयोर्क राज्यमा मात्र कोरोनाको कारण २९ हजार ३ सय १० जनाले ज्यान गुमाएका छन् । भने त्यहाँ ३ लाख ७२ हजार ४ सय ९४ जनामा संक्रमण देखिएको छ ।

 

यो समाचार तयार पार्दासम्म विश्वभर ३ लाख ४९ हजार जनाको कोरोनाका कारण ज्यान गइसकेको छ भने ५६ लाख ३९ हजार ९ सय ९८ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै, कोरोना संक्रमण जितेर घर फर्कनेको संख्या २४ लाख ६ हजार ८ सय ३८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?