पर्सामा कोरोना संक्रमित अब ६ जना मात्रै बाँकी !

पर्सा । पर्सामा कोरोनाभाइरस संक्रमितको संख्या न्यून हुँदै गएको छ ।

मंगलवार २१ जना डिस्चार्ज भएपछि अब पर्सामा मात्र ६ जना मात्रै आइसोलेसनमा छन् ।

हालसम्म पर्सामा ९५ जनामा कोरोना पुष्टि भएकोमा ८९ जना निको भएर घर फर्किसकेका छन् ।

संक्रमितहरु सबैको नारायणी अस्पतालको आइसोलेसनमा उपचार भएको हो । पर्सामा पछिल्लो समय लकडाउनमा कडाइ गरिएको छ भने नयाँ संक्रमित पनि न्यून देखिएका छन् ।

प्रदेश नम्बर २ कै अन्य जिल्लामा संक्रमित थपिने क्रम तीव्र बन्दा पर्सामा सो दर केही न्यून बनेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?