स्वास्थ्यमन्त्रीमा कोरोना नेगेटिभ

काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालमा गरिएको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ ।

उनीसहित मन्त्रालयका कर्मचारी र सचिवालयका सदस्यहरुको स्वा संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

उनी केही दिन पहिले त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा राखिएका एक कोरोना संक्रमितलाई भेट्न पुगेका थिए ।

सो पछि कोरोना भएको हुनसक्ने भन्दै कोरोना परीक्षण गरिएपनि आज सबैको रिपोर्ट नेगेटिभ आएको एक अधिकारीले बताए । सोही प्रकरणमा उनी केही दिन होम क्वारेन्टाइनमा बसेको भनिएपनि उनको सचिवालयले खण्डन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?