थप २१ जनाले जिते कोरोना, निको हुनेको संख्या १७६ पुग्यो

काठमाडौं । नेपालमा कोरोना निको हुनेको संख्या पनि बढ्दै गइरहेको छ। मंगलबार थप २१ जनाले कोरोना जितेको छन् ।
नारायणी अस्पपताको आइसोलेशनमा उपचाररत २१ जनाले कोरोना जितेका हुन् ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले ४ महिला सहित २१ जनाले कोरोना जितेको र जसमा १५ महिने बालक पनि रहेको उनले बताए । उनीहरु सबै वीरगन्ज महानगरपालिकाको रहेको र मंगलबार राति डिस्चार्ज गरिएको उनको भनाइ छ ।

योसँगै नेपालमा कोरोना जित्नेको संख्या १७६ पुगेको छ । हालसम्म नेपालमा ७७२ जनामा कोरोना पुष्टि भएकोमा यो संख्यामा निको भएका हुन् ।
नेपालमा कोरोनाबाट ४ जनाको मृत्यु हुँदा बाँकी उपचाररत अरुको भने अवस्था सामान्य रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?