हेर्नुहोस् २०७७ साल जेठ १४ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ जेठ १४ गते । बुधवार । इ.स.२०२० मे २७ तारिक । शकसंवत् १९४१ । प्रमादी संवत्सर । उत्तरायण ।

ग्रीष्म ऋतु । ने.सं. ११४० बछलागा । जेष्ठ शुक्लपक्ष । तिथी– पञ्चमी,२२ बजेर ३१ मिनेट उप्रान्त षष्ठी ।

नक्षत्र– पुनर्वसु ,०६ बजेर १६ मिनेट उप्रान्त तिष्य । योग वृद्धि,२५ बजेर १४ मिनेट उप्रान्त ध्रुव । करण– बव,११ बजेर ०७ मिनेट उप्रान्त वालव,२२ बजेर ३१ मिनेट उप्रान्त कौलव ।

आनन्दादिमा–गद योग । चन्द्रराशि–कर्कट । काठमाडौंमा सूर्योदय ६ बजेर ११ मिनेटमा, सूर्यास्त १८ बजेर ५१ मिनेटमा । दिनमान ३४ घडी ०९ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आफ्नै भन्नेहरुले आश्वासन बाँड्ने तथा समयमा काम नगर्दिनाले समस्या पैदा हुनेछ । मन परेको मानिससँग टाडिनु पर्दा मन मुटुमा जलन पैदा हुनेछ । घरजग्गा तथा सवारी साधनको विषयमा विवाद गर्नुपर्ला ।

राजनीति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना नै धेरै हुनेछ । पाईरहेको पद गुम्ने खतरा रहेको छ ध्यान दिनुहोला । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

आफन्त तथा छिमेकीसँग विवाद हुने योग रहेको छ । विवाद तथा प्रतिस्पर्धामा सामेल नहुनुहोला समय मध्यम रहेको छ ।

यात्रा गर्दा ध्यान दिनुहोला यात्रा कष्टकर नहोला भन्न सकिन्न । लेखन तथा साहित्य जस्ता क्षेत्रका कामहरु थाती रहनेछन् । समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

आफन्तका साथमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् ।

औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

पढाई लेखाईमा मन जाने तथा भनेजस्तो सफलता हात पार्न सकिनेछ । भौतिक सम्पत्ती तथा सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउन सकिनेछ ।

राजनीतिमा लाग्नेहरुका लागि समय उत्तम रहेकोले नाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । पुराना कमी कमजोरीहरु सुधार्दै जीवन शैलिमा परिवर्तन गर्न सकिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

काम वा अध्ययनको शिलशीलामा विदेशी भूमिमा हुनुहुन्छ भने समय मध्यम रहेको छ सरसफाईमा विशेष ध्यान दिनुहोला ।

खानपामा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । आकस्मिक खर्च हुनाले दैनिकी प्रभावित हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्यम रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्धले आगामी दिनहरुमा विवाहरुपी निकास पाउने योग रहेको छ ।

अध्यनमा प्रगति हुनेछ । भौतिक तथा भोगविलासका सामानहरु प्राप्त हुनेछन् । ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ । व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

सरकारी तथा प्रशासनिक काम गर्दा झन्झट व्यहोर्नु पर्नेछ भने सरकारी ओहोदामा बसेर सेवा प्रवाह गर्नेहरुले दुख दिन सक्छन् । पढ्न लेख्नमा मन नजाने हुनाले अरुभन्दा पछि पर्ने अधिक सम्भावना रहेको छ ।

पारिवारिक सम्वन्धमा चिसोपनको महशुस हुनेछ भने आफन्तहरुसँग मनमुटाव हुनेछ । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

समयले साथ दिने हुनाले सानो प्रयत्नले परिणाममुखी काम गर्न सकिनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा रुची बढ्नेछ ।

खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहानेहरुका लागि समय उत्तम रहेको छ । आत्मविस्वास बढ्ने हुनाले लक्ष्य पहिल्याउन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

खानपान तथा मौषमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । सामाजिक काममा समय दिन नसकिने हुनाले जिम्मेवारी वहन नगर्नु नै ठिक हुनेछ । अध्ययनमा मन नजानाले नतिजा अरुकै पोल्टोमा पर्नेछ ।

प्रेममा धोका हुनेछ । भौतिक सम्पत्ती प्रयोग गर्दा ध्यान दिनुहोला । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

भौतिक साधन तथा सवारी साधनको प्रयोग गर्दा बिचार पुर्याउनु होला, अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।

अध्ययनमा मन नजाने हुनाले अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ ।

आफन्त तथा घर परिवारका सदस्यहरुको पनि सहयोग तथा समर्थन नहुँदा एक्लोपनको महशुस हुनेछ । एकल तथा साझेदारी व्यवसायमा समय दिन नसक्दा आर्थिक व्यवस्थापन गर्न गाह्रो पर्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

पुराना रोग पुनः बल्झिनाले स्वास्थ्यमा समस्या आउन सक्छ । विद्या तथा प्रतिस्पर्धामा आजको दिन समय मध्यम रहेकोले प्रतिस्पर्धीहरु नै हावी हुनेछन् । अदालती निर्णयहरु तपाईको पक्षमा आउने छैनन् ।

प्रणय सम्बन्धमा सामान्य शंकाले केही समयको लागि टाडिनु पर्ने बाध्यता आउनेछ । आफन्त,मामा तथा मावली पक्षसँग राय बाजिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

वौद्धिक क्षेत्र फराकिलो हुने हुनाले सिर्जनात्मक कार्य गर्न सकिनेछ । अध्ययन अध्यापनको सवालमा प्रविधिको प्रयोग गर्न सकिनेछ ।

घर परिवारका साथ रमाईलो गर्दै मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । कार्यक्षेत्रमा राम्रा काम गरी ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?