सर्वदलीय बैठकमा कांग्रेसले के भन्यो ?

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रतिपक्षी दल कांग्रेसले आफ्नो धारणा प्रस्तुत गरेको छ ।

सर्वदलीय बैठकमा नेपाली कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला सहभागी थिए ।

सो बैठकमा कांग्रेसले महाकाली नदि पूर्वको भूभाग नेपालको भएको भन्दै सुगौली सन्धिमा उल्लेख भएको ऐतिहासिक तथ्य बमोजिम लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूभाग भएको बताएको थियो ।

ती भूभागमा नेपालको हक निर्वाध ढंगले स्थापित हुनुपर्दछ भन्ने धारणा समेत राखेको थियो । यस्तै उच्चस्तरीय कुटनैतिक पहल मार्फत यो बिषयको हल गर्न भन्दै काँग्रेसले यो विषयमा कांग्रेस सरकारको साथमा रहेको पनि बताएको छ ।

संविधान संशोधन बारे पनि कांग्रेसले आफ्नो धारणा राखेको छ । ‘संविधान संशोधन जस्तो बिषयमा राष्ट्रिय सहमतिको स्थिति बनाएर जांदा त्यसले राष्ट्रिय एकतालाई अझ मजबुत बनाउन सकिने हाम्रो धारणा छ । नक्साको प्रस्तावलाई हामीले सकारात्मक रूपमा लिएका छौं । यस बारेमा पार्टी केन्द्रीय समितिको बैठकबाट नेपाली कांग्रेसको संस्थागत निर्णय गर्नेछौं’ बैठकमा काँग्रेसले भनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?