सर्वदलिय बैठक सकियो, के भयो निर्णय ?

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार साँझ बसेको सर्वदलीय बैठक करिब ३ घण्टाको छलफल पछि सकिएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशको भौगोलिक अखण्डता, सीमा र राष्ट्रियताको विषयमा निशर्त राष्ट्रिय सहमति कायम गरेर अघि बढ्न सबै दलहरूसमक्ष आग्रह गरेका छन् ।

साथै अतिक्रमित भूभागसहितको नक्सा जारी गरेसँगै देखिएको समस्या वार्ता र कूटनीति पहलबाट समाधान गर्ने निष्कर्श उक्त बैठकले निकालेको छ ।

संविधान संशोधनका अन्य विषयहरूमा छलफल गर्दै जाने र निशान छापमा नक्सा परिवर्तनको विषयमा यसै अधिवेशनमा छिटो निर्णय गर्नुपर्ने आवश्यकताप्रति बैठकमा सहभागी नेताहरुसँग प्रधानमन्त्री ओलीले विशेष अनुरोध गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?