कर्मचारी सञ्चय कोषले शुरु गर्‍यो अनलाइन भुक्तानी सेवा

काठमाडौं । कर्मचारी सञ्चय कोषले आज (मंगलवार) देखि सेवाग्राहीलाई विद्युतीय प्रणालीमार्फत विशेष सापटी सेवा उपलब्ध गराउन शुरु गरेको छ । कोरोना सङ्क्रमणको जोखिम फैलन नदिन सरकारले जारी राखेको ‘लकडाउन’का कारण सार्वजनिक यातायात र हिँडडुलमा भएको असहज अवस्थालाई मध्यनजर गर्दै कोषले घर तथा कार्यालयमै बसेर सरल र प्रभावकारी सेवा दिने लक्ष्यका साथ उक्त योजना कार्यान्वयनमा ल्याएको हो ।

कोषका प्रवक्ता ओमकृष्ण श्रेष्ठका अनुसार आज दार्चुला र ललितपुरस्थिति बैंकमा रहेको सञ्चयकर्ताको खातामा रकम जम्मा गरी विशेष सापटी बापतको रकम अनलाइनमार्फत प्रदान गरेको हो ।

कोषले शुरु गरेको अनलाइन विशेष सापटी सेवालाई निरन्तरता दिने र यो सेवा लिनका लागि विशेष सापटी लिन योग्यता पुगेका व्यक्तिगत विवरण अद्यावधिकजस्ता विषय अनिवार्य रहेको जनाइएको छ । लकडाउनको समयमा सेवाग्राहीलाई सहजरुपमा सापटी दिन सकियोस् भन्ने ध्येयका साथ कोषले उक्त योजना सञ्चालनमा ल्याएको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?