कोरोना भाइरस तीव्र गतिमा फैलिएपछि स्वास्थ्यमन्त्रीले थाले परामर्श

लोकपथ संवाददाता
0
Shares
तस्वीरः स्वास्थ्यमन्त्रीका प्रेस सल्लाहकार माधव तिवारीको वालबाट

काठमाडौं । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिन थालेपछि स्वास्थ्यमन्त्री भानुभक्त ढकालले थप सक्रियता बढाएका छन् ।

दुई महिना यता जारी लकडाउनका बीच पनि संक्रमित बढ्न थालेपछि उनले संक्रमण रोकथामको पहल स्वरुप सरोकारवालासँगको छलफललाई तीव्र पारेका हुन् ।

मंगलबारमात्रै स्वास्थ्यमन्त्री ढकालले सातै प्रदेशका सामाजिक विकासमन्त्रीसँग छलफल गरेका छन् । छलफल कोरोनाको बढ्दो जोखिम कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नेमा केन्द्रीत थियो । मन्त्रालयबाटै भिडियो कन्फ्रेन्समार्फत भएको छलफलमा लकडाउनलाई कडा पार्दै परीक्षणको दायरा बढाउने र संकास्पद बिरामीको खोजी गर्दै उनीहरुलाई क्वारेन्टाइनमा राख्ने विषयमा समझदारी भएको बताइएको छ ।

यस्तै केन्द्र र प्रदेश सरकारबीच यो मामिलामा तप समन्वय गर्दै जनतामा आशाा र आत्मबल बढाउोन विषयमा समेत कुराकानी भएको थियो ।
यस्तै मन्त्री ढकालले विज्ञहरुसँग पनि परामर्श गरेका छन् ।

यसैबीच ढकालकै सक्रियतामा स्वास्थ्यकर्मीको मनोबल बढाउन तथा उनीहरुलाई सहजता प्रदान गर्नका लागि एक हप्ते सिफ्टअनुसारको काम गर्ने तालिका बनाइएको छ ।

हालसम्म नेपालमा कोरोनाभाइरसबाट ७७२ जना संक्रमित भइरहेका छन् भने कयौं नागरिक भारतबाट भित्रिएपछि चुनौति थपिएको छ ।

पछिल्लो समय कोरोना नियन्त्रणका सन्दर्भमा सरकारबारे समेत टिकाटिप्पणी भइरहेको बेला मन्त्री ढकालले सबै समस्या समाधान गर्नेगरी आफूले प्रभावकारी काम गर्ने निकटस्थहरुसँग भन्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?