भरतपुर महानगले सीमाबाट उद्धार गर्‍यो अलपत्र परेका आफ्ना नागरिक

चितवन । भरतपुर महानगरपालिकाले कोरोना भाइरस (कोभिड १९) को विश्वव्यापी प्रकोपका कारण भारतका विभिन्न स्थानमा अलपत्र परेका आफ्ना नागरबासीलाई भैरहवाको सुनवल नाकाबाट उद्दार गरी भरतपुर ल्याएको छ ।

मंगलवार महानगर प्रमुख रेणु दाहालको निर्देशनमा वडा अध्यक्ष नरी नारायण पौडेल तथा नगर प्रमुखका सल्लाहकार गोपाल कृष्ण न्यौपानेको टोलीले भैरहवास्थित क्वारेन्टाईनमा रहेका ११ जना र सिमा नाकामा अलपत्र परेका १९ जना गरी ३० जनालाई भरतपुर ल्याई सम्बन्धित वडाको क्वारेन्टाइनमा राखिएको छ ।

महानगर प्रमुख दाहालले यो विपद्को घडीमा समस्यामा परेका नागरिकलाई सहयोग पुर्‍याई उनिहरुको उचित व्यवस्थाका साथ क्वारेन्टाइनमा राख्ने आफ्नो दायित्व र कर्तव्य भएको भन्दै भरतपुर महानगरपालिका कोभिड १९ रोगको रोकथाम, नियन्त्रण र सुरक्षामा सुरुदेखि नै सजग रही अस्थाई कोरोना अस्पताल र पिसीआर ल्याब समेत स्थापना गरी बिरामीहरुको उपचार गरिरहेको बताइन् ।

उपचार र कोरोना पहिचानको कामसँगै अब विदेश तथा स्वदेशमा रोजगारी गुमाएर तथा विविध कारणले स्वदेश फर्काइएका भरतपुर महानगरवासीलाई वडावडामा स्थापना गरिएको क्वारेन्टाइनमा राखी उनिहरारुलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा राखी कोरोना परिक्षणपश्चात नेगेटिभ रिर्पोट आएपछि घर पठाउने बताइन् । भरतपुर महानगरपालिकाले सरकारले तोकेको मापदण्ड अनुसार खान बस्न र नियमित स्वास्थ्य परिक्षणको व्यवस्था गरेको बताइन्।

शनिवार भैरहवाको क्वारेन्टाइन र सीमानामा आई अलपत्र परेका भरतपुर महानगपालिकाका विभिन्न वडाका गरी २३ जना कालिका नगरपालिका २ जना र रत्ननगर नगरपालिकाका १ जना गरी २६ जनालाई बसमा राखी सुरक्षित तरिकाले भरतपुर ल्याइएको भरतपुर महानगरपालिकाका सल्लाहकार तथा उद्दारमा खटिनुभएका गोपाल कृष्ण न्यौपानेले बताए ।

अलपत्र परी सिमामा आईपुगेका २६ जना नगरिक भारतका विभिन्न स्थानमा रोजगारीका लागि गएका थिए । कोभिड १९ को महामारीसँग संकटमा परेपछि उनीहरु स्वदेश फर्किएका हुन् ।

‘हामी ठूलो कष्टका साथ धेरै दुःख खेपेर मातृभूमिको सीमासम्म आयौं । सिमा आउनासाथ भरतपुर महानगरपालिकाले सवारी साधनको व्यवस्था गरेर लिन आयो यस प्रति हामी अत्यन्तै खुरी भएका छौँ । यसका लागि भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाललाई र हाम्रो उद्दारका लागि आएका सबैलाई विशेष धन्यवाद दिँदै उहाँहरुको यो मानवीय कार्यको हामी सधैँ सम्मान गर्दछौँ’ सिमाबाट भरतपुर आएका सबैले एकै स्वरमा भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?