कपिलवस्तुको विजयनगरमा आगलागी, ९ घरसहित २ गोठ जलेर नष्ट

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा आगलागी हुँदा ९ घरसहित २ गोठ जलेर नष्ट भएको छ ।

गाउँपालिकाको वडा नं. ७ मानपुरमा करिब दिउँसो साढे १ बजेतिर आगलागी हुँदा घरगोठ जलेको हो । स्थानीय रमेश यादवको गोठबाट आगलागी भएको थियो

आगलागीबाट लत्ता कपडा, खाद्यान्न, भाँडाकुडा नगद र गरगहनासहित अन्दाजी २० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपाल जानकारी दिएका छन् ।

आगलागीबाट पशु चौपाया र मानवीय क्षति नभएको नेपालले बताए ।

आगो किन कसरी लाग्यो भन्ने अझै खुल्न सकेको छैन । आगो स्थानीय, प्रहरी र दमकलद्धारा नियन्त्रणमा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?