मुगु र हुम्लाको सीमानामा गयो भूकम्प

काठमाडौं । मुगु र हुम्लाको सीमानामा भूकम्प गएको छ ।

आज (मंगलवार) दिउँसो ४ बजे मुगु केन्द्रबिन्दु बनाएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो ।

भूकम्पको बारेमा थप विवरण भने आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?