काठमाडौं । नेपालमा हालसम्म १ सय ५५ जना कोरोना जितेर घर फर्किएका छन् ।
पछिल्लो समय वीरगञ्जस्थित नारायणी अस्पतालबाट ४३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।
उनीहरु ७ देखि ५३ वर्ष उमेर समुहका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ४१ जना पुरुष र २ जना महिलाहरु रहेका छन् । मन्त्रालयका अनुसार उनीहरु ११ देखि १६ दिनमा उपचारपछि निको भएर घर फर्किएका हुन् ।
हालसम्म प्रदेश १ मा २६ जना, प्रदेश २ मा ७६ जना, बाग्मती प्रदेशका ११ जना, गण्डकी प्रदेशका २ जना, प्रदेश ५ का ३५ जना र सुदूरपश्चिम प्रदेशका ५ जना गरी १ सय ५५ जना उपचारपछि निको भएर घर फर्किएका हुन् । तर हालसम्म कर्णाली प्रदेशबाट कोरोना उपचारपछि घर फर्किएका छन् ।
नेपालमा हालसम्म ७ सय ७२ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये ४ जनाको ज्यान गइसकेको छ । आज मात्रै थप ९० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया