स्याङ्जामा पहिलोपटक कोरोना संक्रमण पुष्टि

काठमाडौं । स्याङ्जामा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले स्याङ्जामा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

आज गरिएको स्वाब परीक्षणका क्रममा स्याङ्जाको वालिङका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्यअवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् । आज मात्रै नेपालमा थप ९० जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा संक्रमितको कुल संख्या ७७२ पुगेको छ भने १५५ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

त्यस्तै कोरोना संक्रमणका कारण नेपालमा अहिलेसम्म ४ जनाको मृत्यु भईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?