देउवाले राजीनामा दिँदै, वाम गठबन्धनद्वारा ओलीलाई प्रधानमन्त्री बनाउन दाबी पेश

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिने तयारी गरेका छन् । राष्ट्रको नाममा सम्बोधन गर्दै उनले राजीनामा दिने भएका हुन् । राष्ट्रका नाममा सम्बोधन गर्नुअघि मन्त्रिपरिषदको अन्तिम बैठक बोलाइएको थियो राष्ट्रका नाममा सम्बोधन गरलगत्तै राष्ट्रपति भवन शीतल निवासमा पुगेर उनले राजीनामा बुझाउने छन् । संविधानअनुसार निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष चुनावको परिणाम बुझाएपछि स्वतः नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने भएकाले देउवाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न लागेका हुन् निर्वाचन आयोगले बुधबार नै चुनावको परिणाम बुझाइसकेको छ यसैबीच, चुनावको अन्तिम परिणाम बुझाइसकेकाले आफूहरुको बहुमत रहेको भन्दै एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि राष्ट्रपति समक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न दाबी पेश गरेका छन् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरु शितल निवास पुगेर राष्ट्रपतिसमक्ष दाबी पेश गरे गठबन्धनबाट ओली प्रधानमन्त्री बन्ने निश्चितजस्तै छ । उनी दोस्रो पटक प्रधानमन्त्री बन्ने दोस्रो कम्युनिस्ट नेता समेत बन्नेछन् । यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २ पटक प्रधानमन्त्री बनेका थिए संसदमा बहुमत प्राप्त दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । यद्यपि हाल कुनै एक दलको बहुमत नरहेका कारण एमाले र माओवादी केन्द्रको वाम गठबन्धनका तर्फबाट ओलीले प्रधानमन्त्रीमा दाबी गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?