नुवाकोटका बामपन्थी नेता अर्जुन भण्डारीको निधन

काठमाडौं । नुवाकोटको बामपन्थी आन्दोलनका धरोहर अर्जुन भण्डारीको निधन भएको छ ।

लामो समयदेखि नसासम्बन्धी रोगले ग्रस्त उनको नुवाकोटको तुप्चेस्थित घरमा सोमबार राति निधन भएको उनका भतिजा नवराज भण्डारीले जानकारी दिए ।

पछिल्लो १० दिन काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचार गराएका उनको स्वास्थ्यमा सुधार नहुने देखिएपछि उनकै चाहनामा एम्बुलेन्समा सोमबार नै तुप्चे लगिएको थियो । घर पुर्‍यालगत्तै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

नुवाकोट र रसुवामा कम्युनिस्टको प्रभाव बढ्दै जानुमा उनको योगदान अतुलनीय रहेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?