२०७४, ४ आश्विन बुधबार ०९:२८

अर्चना पनेरु हिरासत मुक्त, आमालाई सार्वजनिक मुद्दा


प्रकाशित मिति : २०७४, ४ आश्विन बुधबार ०९:२८

काठमाण्डौं, ४ असोज ।सार्वजनिक स्थान र प्रहरी कार्यालयमा हो हल्ला गरि प्रहरीलाई समेत हातपात गर्न खोजेको आरोपमा पक्राउ परेकि अर्चना पनेरु हिरासत मुक्त भएकि छन । उनीसंगै पक्राउ परेकि उनकि आमा सुनिता पनेरुलाई भने सार्वजनिक मुद्दा चलाईएको महानगरिय प्रहरी प्रभाग नयाँ बसपार्कले जनाएको छ ।पोर्नस्टार बन्छु भनेर खुलेयाम अभिव्यक्ति दिएर राजधानीको नयाँ बसपार्क स्थित मुन वाल्कर डान्सवारमा काम गर्दै आएकि पनेरु आमाछोरीलाई सार्वजनिक स्थानमा हो हल्ला गरेको आरोपमा सोमबार राती प्रहरीले नियन्त्रणमा लिएको थियो ।पोर्नस्टार बन्छु भनेर चर्चा कमाएपछि अर्चनाले २ वटा नेपाली चलचित्र र केही म्यूजिक भिडियोहरुमा अभिनय गरेकि छन । फिल्ममा जम्न नसकेपछि उनी आमा सुनिता पनेरु संगै नयाँ बसपार्क स्थित मुनवाल्कर डान्सवारमा डान्स गर्न थालेकि हुन ।

प्रतिक्रिया दिनुहोस