काठमाडौं । कर्णाली प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश अस्पताल सुर्खेतस्थित पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सो संख्यामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीका अनुसार संक्रमित सबै सुर्खेतका हुन् ।
जसअनुसार वीरेन्द्रनगर १ का १६ वर्षीय पुरुष, वीरेन्द्रनगर २ मन ९, २०, ३२ र ६२ वर्षीय पुरुष तथा ३२ वर्षीय महिला, वीरेन्द्र नगर ३ का ४६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ।
यसैगरी वीरेन्द्रनगर ६ का २६ वर्षीय पुरुष, भेरीगंगा ८ का १६ र १७ वर्षीय पुरुष तथा सिम्ता ४ का ३५ र ४९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै कणाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया