भरतपुर अस्पतालमा मृत्यु भएकाको पिसीआर रिपोर्ट आयो

चितवन । भरतपुर अस्पतालको सघन उपचारकक्षमा मृत्यु भएका पुरुषको पिसीआर नतिजा नेगेटिभ आएको छ ।

रामग्राम नगरपालिका–८ नवलपरासी निवासी ४८ वर्षीय पुरुषको मृत्युपछि सोमवार गरिएको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए।

पौडेलका अनुसार निमोनियाको सङ्क्रमणका कारण उनी आइतवार राति १२ बजे भरतपुर अस्पतालमा उपचारका लागि आएका थिए ।

उनको उपचारका क्रममा बिहान ३ बजे मृत्यु भएको थियो । मृत्यु भएका ती पुरुषको स्वाब सङ्कलन गरी भरतपुर कोभिड–१९ प्रयोगशालामा पिसीआर परीक्षण गरिएको थियो ।

छाती पोल्ने, श्वासप्रश्वासमा समस्या देखिएपछि थप उपचारका लागि लुम्बिनी अञ्चल अस्पतालबाट यहाँ पठाइएको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?