प्रयोगशालामा थुप्रिन थाले स्वाब, संक्रमण फैलिने खतरा

मुलुकको एकमात्र केन्द्रीयस्तरको प्रयोगशाला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना भाइरसको पीसीआर परीक्षणका लागि संकलन गरिएको स्वाबको नमुना थुप्रिन थालेको छ ।
दैनिक परीक्षण क्षमताभन्दा धेरै परिमाणमा नमुना संकलन हुँदा लाइनमा राख्नुपर्ने अवस्था छ ।
यसले गर्दा पहिले डेढदेखि दुई दिनसम्मा प्राप्त हुने परीक्षण नतिजाका लागि ३ देखि ४ दिनसम्म कुर्नुपर्ने भएको छ ।
जसका कारण शंकास्पद व्यक्ति धेरैको सम्पर्कमा जान सक्ने हुँदा संक्रमण फैलिने सम्भावना बढेको खबर कान्तिपुर दैनिकमा छापिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?