सुर्खेत । कर्णाली प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कर्णाली प्रदेशमा मात्रै कोरोना भाइरस संक्रमितको संख्या २३ पुगेको हो ।
आइतवार बंबई, सुव्बाकुना र घण्टाघरमा रहेको क्वारेन्टाइनमा बसेकाहरूमा गरिएकोस्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले जानकारी दिए ।
सोमवार साँझसम्म दैलेखका ८ जना र सुर्खेतका ३ गरि जम्मा ११ जना संक्रमित थिए । मंगलवार बिहान रिपोर्ट पोजेटिभ आएका १२ जनामध्ये १० जना वीरेन्द्रनगर नगरपालिकाका र २ जना सिम्ता गाउँपालिकाका रहेको उनले बताए ।
उनिहरू १२ जनाकै स्वाब प्रदेश अस्पताल सुर्खेतमा जाँच गरिएको र अब रिकन्फर्मको लागि नेपालगन्ज पठाउनुनपर्ने खड्काले बताए ।
योसँगै सुर्खेतमा कोरोना संक्रमितको संख्या १५ पुगेको छ ।
यसअघि बराहताल गाउँपालिकाका २ र चौकुने गाउँपालिकाका १ गरि सुर्खेतका ३ जनामा कोरोना संक्रमित थिए ।
आज कर्णाली प्रदेशमा थपिएका संक्रमितहरु स्वाब परीक्षणमा रिपोर्ट पोजेटिभ आएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले पुष्टि गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया