इटालीमा कोरोनाका कारण ३२ हजार ८ सय बढीको मृत्यु

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण सारा विश्व नै त्रस्त छ । इटालीमा हालसम्म कोरोनाको कारण ३२ हजार ८ सय ७७ जनाको कोरोनाको कारण ज्यान गइसकेको छ । बितेको २४ घण्टामा ३ सयमा कोरोना संक्रमण फैलिएसँगै कुल संक्रमितको संख्या २ लाख ३० हजार १ सय ५८ पुगेको छ ।

त्यस्तै संक्रमित मध्ये ५ सय ४१ जनाको अवस्था गम्भीर रहेको र १ लाख ४१ हजार ९ सय ८१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । साथै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ९२ जनाको ज्यान गइसकेको छ ।

विश्वभर ३ लाख ४८ हजार २ सय २० जनाको ज्यान गइसकेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर ५५ लाख ५५ हजार ७ सय ५२ जनामा संक्रमण फैलिएको छ ।

त्यस्तै हालसम्म २३ लाख ३१ हजार ८ सय ३२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ५३ हजार १ सय ८२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?