कोरोना विश्व अपडेट: ५५ लाख ५५ हजार नाघे संक्रमित, कुन देशको अवस्था कस्तो ? (विवरणसहित)

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर ३ लाख ४८ हजार २ सय २० जनाको ज्यान गइसकेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर ५५ लाख ५५ हजार ७ सय ५२ जनामा संक्रमण फैलिएको छ ।

त्यस्तै हालसम्म २३ लाख ३१ हजार ८ सय ३२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ५३ हजार १ सय ८२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा कोरोनाको असर सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ९९ हजार ५ सय ३७ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा ९ हजार ३ सय ८४ जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १६ लाख ९५ हजार ८ सय २० पुगेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

अमेरिकामा हालसम्म कोरोना उपचारपछि ४ लाख ५६ हजार ९ सय ५९ जना घर फर्किएका छन् । बितेको २४ घण्टामा मात्र अमेरिकामा २ सय ३७ जना मानिसको ज्यान गएको छ । भने संक्रमितमध्ये १७ हजार ६५ जनाको अवस्था गम्भीर रहेको छ ।

कोरोनाको कारण हालसम्म ब्राजिलमा २२ हजार ९ सय ६५ जनाको ज्यान गइसकेको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ ३ लाख ६७ हजार ९ सय ६ जनामा कोरोना संक्रमण फैलिएको छ । बितेको २४ घण्टामा मात्र कोरोनाको कारण २ सय ४९ जनाको ज्यान गएको ४ हजार २ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

रसियामा बितेको २४ घण्टामा ८ हजार ९ सय ४६ जनामा कोरोना संक्रमण फैलिएको छ । यो समाचार तयार पार्दासम्म रसियामा कोरोनाको कारण ३ हजार ६ सय ३३ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ९२ जनाको ज्यान गइसकेको छ । त्यस्तै हालसम्म ३ लाख ५३ हजार ४ सय २७ जनामा कोरोना संक्रमण फैलिएको अवस्थामा संक्रमित मध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ । भने हालसम्म १ लाख १८ हजार ७ सय ९८ जना मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

त्यस्तै स्पेनमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २८ हजार ७ सय ५२ पुगेको छ । तथ्यांकका अनुसार २ लाख ८२ हजार ८ सय ५२ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । भने यो समामचार तयार पार्दासम्म १ लाख ९६ हजार ९ सय ५८ जना मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

त्यस्तै बेलायतमा हालसम्म २ लाख ६१ हजार १ सय ८४ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा मात्र त्यहाँ कोरोनाको कारण १ सय २१ जनाको ज्यान गुमाएको र १ हजार ६ सय २५ कोरोना संक्रमित फैलिएको छ । वल्डोमिटरको तथ्यांक अनुसार बेलायतमा हालसम्म कोरोनाको कारण ३६ हजार ९ सय १४ जनाको ज्यान गुमाइसकेका छन् । त्यस्तै संक्रमितमध्ये १ हजार ५ सय ५९ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इटालीमा हालसम्म कोरोनाको कारण ३२ हजार ८ सय ७७ जनाको कोरोनाको कारण ज्यान गइसकेको छ । बितेको २४ घण्टामा ३ सयमा कोरोना संक्रमण फैलिएसँगै कुल संक्रमितको संख्या २ लाख ३० हजार १ सय ५८ पुगेको छ । त्यस्तै संक्रमित मध्ये ५ सय ४१ जनाको अवस्था गम्भीर रहेको र १ लाख ४१ हजार ९ सय ८१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । साथै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ९२ जनाको ज्यान गइसकेको छ ।

त्यस्तै फ्रान्समा हालसम्म कोरोनाको कारण २८ हजार ३ सय ६७ जनाको ज्यान गएको छ । हालसम्म १ लाख ८२ हजार ५ सय ८४ जनामा कोरोना संक्रमण देखिएको अवस्थामा ६४ हजार ६ सय १७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये १ हजार ६ सय ५५ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ८ हजार ३ सय ९५ पुगेको छ । यो समाचार तयार पार्दासम्म त्यहाँका १ लाख ८० हजार ६ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा मात्र त्यहाँ कोरोनाको कारण २४ जनाको ज्यान गएको र २ सय ७४ जनामा संक्रमण देखिएको छ ।

त्यस्ते छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४ हजार १ सय ६२ पुगेको छ । बितेको २४ घण्टामा मात्र त्यहाँ कोरोनाको कारण १ सय ३८ जनाको ज्यान गएको र ६ हजार २ सय ५ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म भारतमा ६० हजार ४ सय ९८ जना मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने १ लाख ४४ हजार ७ सय ४१ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?