अमेरिकामा कोरोनाको कारण १७ हजार बढीको अवस्था गम्भीर

काठमाडौं । संयुक्त राज्य अमेरिकामा कोरोनाको असर सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ९९ हजार ४ सय ४८ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा ७ हजार ३ सय ६१ जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १६ लाख ९३ हजार ७ सय ९७ पुगेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

अमेरिकामा हालसम्म कोरोना उपचारपछि ४ लाख ५६ हजार ३ सय ९७ जना घर फर्किएका छन् । बितेको २४ घण्टामा मात्र अमेरिकामा १ सय ४८ जना मानिसको ज्यान गएको छ । भने संक्रमितमध्ये १७ हजार १ सय ३५ जनाको अवस्था गम्भीर रहेको छ ।

विश्वभर कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर ३ लाख ४७ हजार ८ सय ५८ जनाको ज्यान गइसकेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर ५५ लाख ४९ हजार ४ सय ९८ जनामा संक्रमण फैलिएको छ ।

त्यस्तै हालसम्म २३ लाख २९ हजार ७ सय ८९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ५३ हजार २ सय ६२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?