रुसमा एकै दिनमा नौ हजार संक्रमित, ९२ जनाको मृत्यु

काठमाडौं । रुसमा कोरोना भाइरसका कारण सोमबार एकैदिनमा नौ हजार व्यक्ति सङ्क्रमित भएका छन् । यो सँगै देशभरी अहिलेसम्म कुल सङ्क्रमितको सङख्या तीन लाख ५० हजारभन्दा बढी भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

त्यसैगरी कोरोना भाइरसका कारण रुसमा अहिलेसम्म तीन हजार ६३३ जनाको मृत्यु भएको छ । तीमध्ये ९२ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

सङ्क्रमितहरुको संक्रमितको बृद्धिको तुलनामा मृत्यु हुनेहरुको सङ्ख्या अन्य देशमाभन्दा कम रहेको उनीहरुले बताएका छन् ।

तर कतिपयले भने सरकारले तथ्याङ्कमा गडबडी गरेको आरोप पनि लगाउँदै आएका छन् । उनीहरुले संक्रमित हुने र मृत्यु हुनेहरुको वास्तविक सङ्ख्या अहिले सार्वजनिक गरिएभन्दा फरक रहेको हुनसक्ने बताउने गरेका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?