कोरोना प्रकोपका बीच इतिहास रच्दै अमेरिका, केहि समयमै ‘मिशन’ शुरु

काठमाडौं । अहिले पूरा विश्वमा कोरोना भाइरसको महामारी व्याप्त छ । सारा विश्व कोरोना भाइरसबाट बच्न लागि परेको छ । तर अमेरिका यहि महामारीको समयमा अन्तरिक्षमा मानव मिशन पठाउने तयारी गरिरहेको छ ।

२१ जुलाई सन् २०११ पछि पहिलोपटक अमेरिकाले धर्तीबाट कुनै मानव मिशन अन्तरिक्षमा पठाउँदै छ ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मिशनको डेट पनि फाइनल गरेको छ । मिशन अबको ४८ घण्टापछि शुरु हुनेछ ।

२७ मे सन् २०२० को साँझ ४ बजेर ३३ मिनेट जाँदा नासाले दुई अमेरिकी एस्ट्रोनोट्सलाई अमेरिकी धर्तीबाट रकेटमा राखेर आईएसएसमा पठाउँदैछ ।

सन् २०११ पछि पहिलो पटक अमेरिकी धर्तीबाट कुनै मानव मिशन अन्तरिक्षमा जाँदैछ । यो अमेरिकी एस्ट्रोनोट्स यसक मिशनको लागिरोबर्ट बेनकेन र डगलस हर्लेलाई चुनिएको छ ।

यी दुबै एस्ट्रोनोट्स स्पेसक्राफ्ट ड्र्यागनबाट इन्टरनेशनल स्पेस स्टेशन जानेछ । स्पेस एक्स अमेरिकी उद्योगपति एलन मस्कको कम्पनी हो ।

नासाको रिपोर्टका अनुसार स्पेस एक्स ड्र्यागन स्पेसक्राफ्टलाई रकेट फोल्कन ९ माथि राखिनेछ र यसलाई फ्लोरिडाबाट लञ्च गरिनेछ ।

नासाले मिशनलाई डेमो २ (Demo-2 Crew Dragon) को नाम दिएको छ । यो भन्दा पहिला नासाले डेमो १ मिशन ड्र्यागन स्पेसक्राफ्टबाट स्पेस स्टेशन गईसकेको छ ।

एक रिपोर्टका अनुसार यस मिशनमा डगलस हर्ले ड्र्यागन स्पेसक्राफ्टबाट कमान्डर हुनेछ । उक्त दुबै स्पेसक्राफ्ट एस्ट्रोनोट्स स्पेस स्टेशनमा ११० दिनसम्म रहनेछन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?