काठमाडौं । अस्पतालबाट भागेका कोरोना संक्रमित फेला परेका छन् ।
जनकपुरमा रहेको कोरोना विशेष अस्पतालबाट आइतवार सर्लाहीको हरिपूर्वा नगरपालिका– ३ धनकौलका ४५ बर्षीय पुरुष भागेका थिए ।
जनकपुरको आइसोलेसनबाट फरार भएका उनी सोमवार घर नजिकै भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनी भेटिए पनि कता राख्ने भन्ने अन्योलता छाएको छ ।
संक्रमितको मानसिक अवस्था ठिक नभएको बुझिएको छ । प्रहरीका अनुसार उनी पटक पटक भाग्ने प्रयास गरेको र आइतवार बिहान अस्पतालको झ्याल फोरेर भागेका थिए ।
यो समाचार पढ्नुभएको थियो ?
अस्पतालको झ्याल फोरेर भागे जनकपुरका कोरोना संक्रमित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया