कुल जनसंख्याको २ प्रतिशतको कोरोना परीक्षण हुन्छ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनसंख्याको कम्तिमा २ प्रतिशतको कोरोना परीक्षण गर्ने सरकारको योजना रहेको बताएका छन् ।

सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

त्यसक्रममा उनले माहामारी नियन्त्रणमा प्रारम्भिक दिनमा अलमल भएपनि अहिले सफल भएको समेत बताए ।

‘नाका बन्द, उडान बन्द लगायतका निर्णयले महामारी हुनबाट बचाएको छ । तर ढुक्क भएर बस्नसक्ने अवस्था नभएकाले सरकार सचेत छ’, प्रधानमन्त्री ओलीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?