प्रधानमन्त्रीले भने- कोरोना भाइरसबाट ३ जनाको मात्रै मृत्यु भयो

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट ४ जनाको मृत्यु भएको पुष्टि गरिसकेपनि प्रधानमन्त्री केपी शर्मा ओली भने यसबारे जानकार नरहेको पाइएको छ ।

उनले सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै नेपालमा हालसम्म ३ जनाको मात्रै मृत्यु भएको बताएका हुन् । यसअघि प्रधानमन्त्री ओलीले आफूलाई स्वास्थ्य सामग्री खरिद सम्झौतालगायतका कतिपय विषयमा जानकारी नै नगराइको गुनासो गरेका थिए ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कुनै मानवीय क्षति नहोस् भन्ने सरकारको अथक प्रयासका बाबजुत पनि यसबीचमा ३ जनाको मृत्यु भएको बताए ।

उनले उनीहरुसहित स्वदेश तथा विदेशमा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?