गृह मन्त्रालयले गर्याे चार जिल्लाका ‘सिडिओ’को सरुवा

गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको सरुवा गरेको छ।

गृहमन्त्रालयका अनुसार सप्तरी, बाँके, जुम्ला र पर्वतका प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो ।

सप्तरीमा संकर आचार्य, जुम्लामा भुपेन्द्र थापा र पर्वतमा शम्भु रेग्मीलाई सरुवा गरिएको छ ।

त्यस्तै बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्कालाई गृह मन्त्रालयमा तानिएको छ ।

त्यस्तै स्याङ्जामा कार्यरत रामबहादुर कुरुङमाङलाई बाँकेको जिम्मेवारी दिइएको गृहमन्त्रालयले जनाएको छ ।

त्यस्तै सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनील खनाललाई अध्यागमन विभागमा ल्याइएको गृहमन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?