नेपालमा थप १ नयाँ जिल्लामा फैलियो कोरोना, अहिलेसम्म कुन जिल्लाको अवस्था कस्तो (विवरणसहित)

काठमाडौं । नेपालका कुल ७७ वटा जिल्ला मध्ये ४३ वटा जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

४ महिनाको अवधिमा सातै वटा प्रदेशमा कोरोना संक्रमणको प्रकोप फैलिएको छ ।

नेपालमा आज (सोमवार) विहान ७२ र स्वास्थ्य मन्त्रालयले गरेको नियाित मिडिया ब्रिफिङमा ७ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ६८२ पुगेको छ ।

साथै नेपालमा अहिलेसम्म ११२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

यी हुन् नेपालमा अहिलेसम्म कोरोना संक्रमित भेटिएका ४१ जिल्लाहरूको विवरणः

पर्सा ९६
रुपन्देही ४३
उदयपुर ३३
कपिलवस्तु ८३
बाँके १४६
काठमाडौं १८
धादिङ २
कैलाली ७
बारा ३६
धनुषा १२
रौतहट ४९
वाग्लुङ २
चितवन ६
झापा ३६
महोत्तरी ३
भक्तपुर ४
बर्दिया ७
भोजपुर १
कञ्चनपुर १
नवलपरासी (पश्चिम) ६
सप्तरी ४
सर्लाही ३३
नवलपरासी (पूर्व) २
मकवानपुर ३
दाङ ५
काभ्रे १
सिरहा १
सिन्धुपाल्चोक १
मोरङ ६
धनकुटा ७
गुल्मी २
खोटाङ १
दैलेख ८
सुनसरी ३
ललितपुर १
लमजुङ १
रामेछाप १
सिन्धुली १
डडेलधुरा १
बैतडी ५
सुर्खेत ३
नुवाकोट १
अछाम १
जम्मा ६८२

आज सम्मको विवरण हेर्दा गत वर्षको माघ ९ गतेदेखि यस वर्षको आजसम्म ६ सय ८२ जनालाई संक्रमण पुष्टि भएको छ ।

नेपालमा देखिएको पहिलो केसको स्वाब परीक्षणका लागि हङकङ पठाइएकोमा अहिले भने स्वास्थ्य सामाग्रीहरु ल्याइएपछि नेपालमै परीक्षण हुन थालेको हो ।

परीक्षणको दायरा बढाउने बित्तिकै संक्रमित धमाधम थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?