जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं । भक्तपुरमा २० वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुरमा २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मध्यपुरठिमी नगरपालिका-६ पुरानोठिमी बस्ने काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका घर भएका २९ वर्षीय कवाङ लामालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

मध्यपुरठिमी नगरपालिका(६ पुरानोठिमी डेरा गरी बस्ने २२ वर्षीय रोहित गिरीले ती महिलालाई ललाई फकाई आर्थिक प्रलोभनमा पारी आफ्नो डेरामा लगि जबरजस्ती करणी गरेपछि लामा समेतका अन्य ४ जनालाई समेत बोलाई पालैपालो रातभर जबरजस्ती करणी गरी फरार भएपछि प्रहरीले घटनामा संलग्नमध्ये लामालाई भक्तपुर पुरानोठिमी एरियामा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

घटनामा संलग्न अन्य फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?